यो लेखलाई हिन्दीबाट नेपाली भाषामा अनुवाद गर्न आवश्यक छ। यो लेख नेपाली भाषामा नभएर हिन्दीमा लेखिएको हुनसक्छ। यदि यो भाषा हिन्दी समुदायका पाठकहरूको लागि हो भने, यस भाषामा योगदान गर्न विकिपिडियामा योगदान गर्नुपर्दछ। विकिपिडियाहरूको सूची हेर्नुहोस्। |
निर्देशाङ्कहरू: ३७°४७′१३″N १२२°२३′५९″W / ३७.७८६९७°N १२२.३९९६७७°W
विकिमीडिया फाउन्डेसनको लोगो | |
गठन | सेन्ट पीट्सबर्ग, फ्लोरिडा, संयुक्त राज्य अमेरिका २० जुन २००३ |
---|---|
संस्थापक | जिमी वेल्स |
प्रकार | 501(c)(3) गैर नाफामूलक च्यारिटी सङ्गठन |
उद्देश्य | निःशुल्क, मुक्त सामग्री, विकि-आधारित इन्टरनेट परियोजनाहरू |
स्थान |
|
सेवा क्षेत्र | विश्वव्यापी |
तरिका | विकिपिडिया, विक्सनरी, विकिकथन, विकिपुस्तक, विकिस्रोत, विकिमीडिया कमन्स, विकिस्पीशिज, विकिसमाचार, विकिभर्सिटी, विकिडेटा, विकियात्रा, मीडियाविकी |
प्रमुख व्यक्ति | क्रिस्टोफ हेनर, बोर्ड अध्यक्ष [१] क्याथरिन माहेर, कार्यकारी निर्देशक |
राजश्व | US$38,479,665 (2011/2012 (अधिकांशतः दानबाट) |
कर्मचारीहरू | १४२ (सेप्टेम्बर २०१२ का अनुसार)[२] |
स्वयंसेवकहरू | 350,000 (2005)[३] |
वेबसाइट | विकिमिडियाफाउन्डेसन.ओर्ग फाउन्डेसन.विकिमिडिया.ओर्ग |
विकिमिडिया फाउन्डेसन एक अमेरिकी आधार भएको विश्वव्यापी गैर नाफामूलक च्यारिटी सङ्गठन हो।, यसको कार्यालय सान फ्रान्सिस्को, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिकामा छ। फ्लोरिडा राज्यमा दर्ता भएको हुँदा त्यसै कानुन बमोजिम सञ्चालित छ। यो सङ्गठनले विकिपिडिया लगायत धेरै वटा खुला ज्ञानका परियोजनाहरूलाई सम्वर्द्धन र सहयोग गर्ने गर्दछ। जस्तै:- विक्सनरी, विकिस्रोत, विकिमीडिया कमन्स, विकिकथन, विकिभर्सिटी, मीडियाविकी आदिलाई संचालित गर्दछ। यद्यपी यी परियोजनामा रहेका सूचना तथा सामग्रीहरूमा यसले कुनै हस्तक्षेप गर्दैन। विकिपिडिया संसार भरमा सबैभन्दा अधिक हेरिने वेबसाइटहरूमा मुख्य दसौँ स्थानमा पर्छ। विकिमीडिया फाउन्डेसनको उपस्थितिको आधिकारिक घोषणा विकिपिडियाका सह संस्थापक जिमी वेल्सले २० जून, २००३ मा गरेका थिए। विकिमीडिया फाउन्डेसन का नियम इन्टरनेटमा उपलब्ध छन्।
विकिमिडिया फाउन्डेसनको उदेस्य स्वतन्त्र लाईसेंस वा सार्वजनिक कार्यक्रम (public domain) को अन्तर्गत, शैक्षणिक सामग्री एकत्रित गरेर विश्वका मान्छेहरूलाई सशक्त एवं व्यस्त बनाउनु एवं यसलाई भूमण्डलमा प्रभाविकताको साथ प्रसारित गर्नु हो।
अध्यायहरूको अन्तरजालका सहायताले फाउन्डेसन एक भन्दा अधिक भाषाको लागि विकि प्रोजेक्ट एवं अन्य प्रयत्न जो कि उदेस्यमा अग्रसर छ त्यसको सहायता एवं विकासको लागि मुलभुत र संगठित ढांचा प्रदान गर्दछ। फाउन्डेसन यी प्रोजेक्टोहरूको मदतले निरन्तर इन्टरनेटमा स्वतन्त्र र नि:शुल्क उपयोगी सूचना उपलब्ध गराउँछ।
विकिमिडिया फ्लोरिडा, अमेरिकाको कानुनका अंतर्गत एक विना-लाभार्जनको दानपुण्य संस्था हो। सबै तर्फबाट हिसाब राख्ने विकिमिडिया फाउन्डेसन गाइडस्टार एवं यसको भागीदार साइटोहरूमा एक दानपुण्य संस्थाको रूपमा सूचित छ। विकिमिडिया फाउन्डेसन अमेरिकामा ५०१(सी)(३) कर-मुक्त स्थितिमा छ।
विकिमिडिया फाउन्डेसन प्रसिद्ध कार्यकारी इनसायक्लोपीडिया, विकिपिडिया, (२००६ को अन्त सम्म विश्वमा सब भन्दा धेरै हेरिने १५ वेबसाइटहरूमा एक मानिएको छ), लाई सहयोग दिन्छ। जनवरी, २००१ मा विकिपिडियाको स्थापना, एवं जून, २००३ मा विकिमिडिया फाउन्डेसनको समविष्टिले यसको प्रगति विस्मयित रहेको छ। अङ्ग्रेजी-भाषा विकिपिडिया, यसको प्रथम कार्यक्रम, समाविष्टि पछिबाट १.३५ लाख लेखहरूले आज १५० लाख लेख सम्म पुगी सकेको अवस्था छ। ३९ अन्य-भाषाहरूको विकिपिडियामा हिन्दी भाषामा १००,००० भन्दा ज्यादा लेहरूख लेखीसकिएका छन् भने हाम्रो नेपाली भाषामा ३२,६९८ लेखहरू लेखि सकिएका छन्। यसका साथै फाउन्डेसन विकिपिडियाका अतिरिक्त, अन्य धेरै प्रोजेक्टहरूलाई सन्चालित गर्छ। जस्तै:-
सबै मिलाएर, यो कार्यक्रमा ७८ लाख भन्दा बढि पृष्ठ, २२ लाख भन्दा बढि चित्र, एवं ५० लाख भन्दा बढि पंजीकृत खाता रहेको छ।
विकिट्रेवल, ओमेगाविकि, एवं विकिआ, फाउंडेशन द्वारा संचालित कार्यक्रम हैन।