कम्पनी / निर्माता | माइक्रोसफ्ट |
---|---|
श्रोत नमुना |
|
प्रारम्भिक जारी मिति | नोभेम्बर 20, 1985 | , १.० संस्करण (असमर्थित)
हालको संस्करण | सन् २००४ (१९०४१.३३१) जुन १८, २०२० |
हालको पुर्वावलोकन | १०.०.२०१५२ जुन २४, २०२० |
बजार लक्ष्य | व्यक्तिगत संगणक |
उपलब्ध | १३८ भाषाहरू[१] |
अपडेट तरिका |
|
प्याकेज म्यानेजर | विन्डोज स्थापक [२] |
समर्थित प्ल्याटफर्म | आइए-३२, एक्स८६-६४, आर्म, आर्म६४ पूर्व: एक्स८६, डेक अल्फा, मिप्स, [पावर पिसी, इटानियम |
कर्नेल प्रकार |
|
पूर्वनिर्धारित प्रयोगकर्ता इन्टरफेस | विन्डोज शेल |
अनुमतिपत्र | व्यापारिक स्वामित्व सफ्टवेयर |
आधिकारिक वेबसाइट | microsoft |
माइक्रोसफ्ट विन्डोज वा सामान्यतया विन्डोज सञ्चालन प्रणाली एक स्वामित्व चित्रात्मक सञ्चालन प्रणाली परिवारहरूको एक समूह हो, जसलाई अमेरिकी इन्टरनेट निगम माइक्रोसफ्टले विकास तथा र बिक्री गरेको छ। प्रत्येक परिवारले संगणकीय उद्योगको एक निश्चित क्षेत्रको पूरा गर्दछ। सक्रिय माइक्रोसफ्ट विन्डोज परिवारहरूमा विन्डोज एनटी र विन्डोज आइओटी समावेश छन् जसले उप-परिवारहरूलाई समाहित गर्ने काम गर्दछ। निष्क्रिय माइक्रोसफ्ट विन्डोजका परिवारहरूमा विन्डोज ९ एक्स, विन्डोज मोबाइल र विन्डोज फोन समावेश छन्।
माइक्रोसफ्टले २० नोभेम्बर १९८५ मा विन्डोज नामको सञ्चालन प्रणालीलाई एमएस-डसको रूपमा प्रस्तुत गरेको थियो। माइक्रोसफ्ट विन्डोजले ९०% बजार साझेदारीका साथ विश्वको व्यक्तिगत सुखाङ्ख्यको बजारमा प्रभुत्व जमाएको थियो जहाँ यसले एप्पलद्वारा सन् १९८४ मा निर्माण गरिएको म्याक (सञ्चालन प्रणाली) लाई उछिनेको थियो। माइक्रोसफ्टले लिसा र म्याकिन्तोस जस्ता सञ्चालन प्रणालीमा लागू गरिएको चित्रात्मक प्रयोगकर्ता दृश्यचित्रलाई एप्पलले अनुचित अतिक्रमणको संज्ञा दिएको थियो, तथापि, उक्त मुद्दाको फैसला माइक्रोसफ्टको पक्षमा भएको थियो। व्यक्तिगत सुशाङ्ख्यहरूमा, विन्डोज हाल पनि सबैभन्दा लोकप्रिय सञ्चालन प्रणाली हो। यद्यपि एन्ड्रोइड स्मार्टफोनको बिक्रीमा ठूलो वृद्धि भएका कारण सन् २०१४ मा, माइक्रोसफ्टले एन्ड्रोइडले सञ्चालन प्रणाली बजारको अधिकांश भाग कब्जा गरेको स्वीकार्य गरेको थियो। सन् २०१४ मा, बिक्री भएको विन्डोज उपकरणहरूको सङ्ख्या बिक्री भएको एन्ड्रोइड उपकरणहरूको भन्दा २५% ले कम रहेको थियो। दुई सञ्चालन प्रणालीहरू परम्परागत रूपमा फरक फरक मञ्चहरूलाई लक्षित गर्ने हुँदा यो तुलना, यद्यपि पूर्ण रूपले प्रासङ्गिक नहुन सक्छ। अझै, विन्डोजको सर्भर प्रयोगको तथ्याङ्कले (जुन प्रतियोगीहरूसँग तुलनात्मक छन्) यस सञ्चालन प्रणाली तेस्रो स्थानमा रहेको देखाउँदछ।
फेब्रुअरी २०२० सम्म, व्यक्तिगत सुशाङ्ख्य, ट्याबलेट र अन्य उपकरणहरूको लागि विन्डोजको सबैभन्दा भर्खरको संस्करण विन्डोज १० हो। सर्भर कम्प्युटरहरूको सबैभन्दा नयाँ संस्करण विन्डोज सर्भरको संस्करण १९०८ हो।
बजार साझेदारीको अवलोकन
डेस्कटपको आधारमा, नेट एप्लिकेसन्स [३]
र स्ट्याट्सकाउन्टरको प्रतिशत[४]। मार्च २०२० को तथ्याङ्क।
मोबाइल बजार साझेदारी संयुक्त संस्करणमा धेरै कम अर्थात् ०.१% मुनि रहेको छ। [५][६]
डेस्कटक सञ्चालन प्रणाली | नेट एप्लिकेसन्स | स्ट्याट्सकाउन्टर |
---|---|---|
पुरानो संस्करणहरू | ०.००% | ०.०३% |
विन्डोज एक्सपी | १.२३% | १.०७% |
विन्डोज भिस्टा | ०.११% | ०.४३% |
विन्डोज ७ | २६.२३% | १६.३५% |
विन्डोज ८ | ०.६२% | ०.९२% |
विन्डोज ८.१ | ३.६९% | ३.४७% |
विन्डोज १० | ५७.३४% | ५४.७३% |
सबै संस्करणहरू | ८९.२२% | ७७.१०% |